किसानको हितमा विशेष राहत प्याकेजको व्यवस्था मिलाउन लेखा समितिको निर्देशन

खबरपथ संवाददाता
२१ बैशाख २०७७, आईतवार २०:४०

बुटवल । प्रदेश ५ को सार्वजनिक लेखा समितिको बैठक आइतबार बसेको छ ।  प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र मन्त्रालयका सचिवको उपस्थितिमा सम्पन्न बैठकले कोरोना प्रभावित क्षेत्रमा किसानको हित हुनेगरी विशेष राहत प्याकेज सञ्चालन गर्ने व्यवस्था मिलाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेका बार्षिक कार्यक्रम र हालसम्मको प्रगतिको विवरण प्रस्तुत भएको थियो ।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट सञ्चालित कार्यक्रम र बार्षिक कार्यक्रम तथा हालसम्मकोे प्रगतिबारे छलफल भएको थियो ।
बैठकमा सदस्यहरुबाट पहाडका जिल्लामा सहकारीहरुले रासायनिक मल बढी मूल्य लिई विक्रि गरेको, कृषि एम्बुलेन्स प्रभावकारी नभएको, स्थानीय कृषि उपजको सहज विक्रि तथा ढुवानीमा प्रशासनसँग नियमित समन्वय हुनु पर्ने, मल विउ दानाको समयमै आपूर्तिकालागि प्रयाप्त तयारी गर्नुपर्ने, बन्दाबन्दीको समयमा किसानलाई परेको मर्कालाई सम्बोधन गर्दै विदेशबाट आएका नेपालीलाई नियमित रुपमा कृषि उत्पादनमा सरिक गराई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने लगायतका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*