नेपालगञ्जमा थप ६ जनामा कोरोना पुुष्टी, संक्रमित ७५ पुग्यो

खबरपथ संवाददाता
२१ बैशाख २०७७, आईतवार २१:३८

बुटवल । नेपालगंजमा थप ६ जनामा कारोना पुुष्टी भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना पुुष्टी हुुनेमा तिन जना पुरुष र तिन जना महिला रहेका छन् जसमा १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिला रहेको मन्त्रालयले जनाएको छ । यो भन्दा पहिला आज नै नेपालगंजमा ९ जना र बिरगंजमा १ जनामा कारोना पुुष्टी भएको थियो । आईबार एकै दिन १५ जनामा संक्रमण भेटिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ जना पुुगेको छ । जस मध्य १६ जना निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*