गैडातालका माछा ब्यवसायी संकटमा

बिन्दु कुमार चौहान
२२ बैशाख २०७७, सोमबार २०:५५

गैडहवा । बिश्व ब्यापी महामारी कोरोना भाईरस ( कोभिट १९ ) को संक्रमणबाट बाँच्न सरकारद्वारा लामो समय देखि जारी लकडाउनका कारण रुपन्देहीमा राष्ट्रिय गैडातालका माछा ब्यवसायी संकटमा परेका छन ।
करीब २० हेक्टर सो तालमा पाँच बर्षका लागि ८३ लाखमा गाँउपालिकासँग समझौता गरि पालिएको तीन लाख कमन, ग्रास, सिल्भर र बिगहेडमाछा मध्ये एक लाख तयारी अवस्थामा भए पनि लामो समय लकडाउनले बिक्री बितरण ठप्प भए पछि माछा ब्यवसायी मर्कामा परेका हुन ।


राष्ट्रिय गैडातालको माछा लिन काठमान्डौ पोखरा लगायत अन्य ठाँउ सम्म पुग्ने गरेकोमा लकडाउनका बेला ब्यापारीहरु नआउदा माछा बिक्री नभई ताल मै मर्न थालेको ठेकेदार शैलेन्द्र पासवानले जानकारी गराए ।
उनले गैडातालको माछा बिक्री नहुदा गैडहवा गाँउपालिकामा तिर्नुपर्ने किस्ता २५ लाख जुटाउन मुश्किल परिरहेको हुदा सहज ढंगबाट माछा बिक्री बितरणको ब्यवस्था मिलाई दिन सरोकारवाला सँग माँग समेत गरेका छन ।


सो समस्याको समाधानका लागि गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवट ( बछु ) सँग जिज्ञासा राख्दा उनले गैडहवा गाँउपालिकाको प्रमुख आयस्रोत गैडातालको माछा बिक्री बितरणका लागि ब्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*