नेपालगञ्ज निषेधित क्षेत्र घोषित

खबरपथ संवाददाता
२३ बैशाख २०७७, मंगलवार ०८:३६

बुटवल । नेपालगंज उपमहानगरलाई तिन दिनका लागी निशेधित क्षेत्र घोषण गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले बैशाख २३ गते मंगलबार देखि २५ गते मध्यरात सम्मका लागी पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिएकोको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

बैठकले शुरक्षा , स्वास्थ्यकर्मी तथा स्वाव संकलन गर्ने जनशक्ति बाहेक अन्य सबैलाई आगमनमा रोक लगाईने निर्णय गरेको छ । त्यसैगरी सब्जी बजार पनि अर्को निर्णय नभए सम्मका लागी बन्द गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले आफनो ठाउँ सुरक्षित गर्ने बहानामा बाटो तथा राजमार्ग रोक्ने काम कसैबाट गर्न नपाईने सो गरेको पाईए कानुन अनुसार कारवाही हुने जनाएको छ । त्यसै गरी धार्मिक तथा सामाजिक सद्धभावमा आँच तथा खलल पुुयाउने खालका सामाग्री प्रकाशन,प्रशारण तथा सामाजिक संजालमा पोष्ट गर्ने ब्यक्तिको पहिचान गरी तत्काल कानुनी कारवाही गर्ने समेत बैठकले निर्णय गरेको बताईएकोछ ।

नेपालगंजमा दुुई दिनमै १६ जना संक्रमति देखिएपछि निषेधित क्षेत्र घोषण गरिएको प्रजिअ खड्काको भनाइरहेको छ ।
कारोना संक्रमित देखिएपछि अन्य छिमेकी गाउँपालिका तथा नगरपािलकाले पनि आवतजावतमा पूर्णरुपमा रोक लगाएका छन् ।
लकडाउन कडा गर्न दक्षिणतर्फ भारतको सिमा क्षेत्र ,उत्तरतर्फ कोहोलपूर र राप्ती सोनारी गाउपालिका तथा पश्चिमतर्फ सिमा जोडिएका क्षेत्र पूर्ण रुपमा बन्द गरिएको डुडुवा गाउपालिका का अध्यक्ष नरेन्द्र कुमारले जानकारी दिएका छन् ।
त्यसै गरी जानकी र खजुरा गाउँपालिकाले नेपालगंजतर्फका बन्द गरी आवतजावतमा रोक लगाएका छन् ।
अत्यावश्यक काममा बाहेक आवत जावतमा रोक लगाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*