नेपालगंजमा थप सात जनामा कोरोना पुुष्टी , संक्रमित ८२ पुुगे

खबरपथ संवाददाता
२३ बैशाख २०७७, मंगलवार ०९:३७

बुटवल । बांकेको नेपालगंजमा थप ७ जनामा कारोना संक्रमण भेटिएको छ। । नेपालगंज स्थित भेरी अस्पतालमा परिक्षणका क्रममा नेपालगंज ८ का चार जना महिला र ३ जना पुरुषमा कारोना पुुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डा. समिर अधिकारीले जानकारी दिएका छन् । जसमा २२,३० र ४० बर्षिय पुरुष र ९,३२,३४ र ५५ महिला रहेका छन् । यो संगै बाँकेमा मात्रै २३ जना संक्रमित भेटिएका छन् । यसअघि बाँकेमा १६ जना संक्रमित भेटिएका थिए ।

यस संगै नेपालमा संक्रमितको संख्या ८२ जना पुुगेको छ । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*