लकडाउन अवधि थपिने संकेत

खबरपथ संवाददाता
२३ बैशाख २०७७, मंगलवार २१:१८

बुटवल । सरकारले जारी लकडाउनको अवधि थप्ने संकेत गरेको छ । यद्यपि यसबारे बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो ।
अहिले अख्तियार गरेको नितिलाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको छ’ बैठक पछि समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।
विडारीका अनुसार मन्त्रिपरिषद बैठकले लकडाउनबारे थप छलफल गरेर निर्णय गर्नेछ । यद्यपि लकडाउनलाई निरन्तरता दिने उनको भनाइ छ ।
सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि बैशाख २५ गते बिहीबार मध्यरातिदेखि सकिँदैछ । हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*