लकडाउन जेष्ठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

खबरपथ संवाददाता
२४ बैशाख २०७७, बुधबार १४:३०

बुटवल ।  सरकारले लकडाउनको अवधी जेष्ठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ । बुुधबार बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउन जेष्ठ ५ गतेसम्मको लागी लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि बैशाख २५ गते सकिँदै थियो।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सिफारीस गरेको थियो । हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*