बुद्ध जयन्तीको अवसरमा मुुख्यमन्त्रीद्धारा शुभकामना, घर—घरमा दीप प्रज्ज्वलन गर्न आह्वान

खबरपथ संवाददाता
२५ बैशाख २०७७, बिहीबार १२:०३

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलद्धारा २५६४ औं बुद्ध जयन्तीको अवसरमामा एक शुभकामना शन्देस जारी गर्दै विश्व शान्तिको कामनाका  र कोरोना विरुद्धको अभियानका लागि आज साँझ सबैले घर घरमा दीप प्रज्ज्वलन गर्न आग्रह गर्नुभएको छ ।

मूख्यमन्त्रीद्धारा जारी शुभकामना शन्देस
२५६४ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ वर्ष अघि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ । वुद्धले मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृहत्याग गर्नुभयो । हिंसा र दुखको कारणको खोजीमा गृह त्याग गर्नुभएका सिद्धार्थ गौतम् वुद्धले भातृत्व र मानव कल्याणका लागि महान दार्शनिक विचारवाट समाजलाई दिक्षित गर्नु भयो । र, मानिसलाई सत्कर्मको वाटोमा हिडाउन सफल हुनु भयो । वुद्धका उपदेश आज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि भएका छन् ।
प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा धेरै स्थलहरु माटोमुनि दविएर रहेका छन् । ती सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमुल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक छ । यस अवसरमा वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा,अरौराकोट, सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको छ । बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयसंग सहकार्य अघि बढेको छ । पर्यटन प्रवद्र्धनको लागि बृहत्तर ढंगले काम गर्न आवश्यक छ । त्यसका लागि पनि हामी योजनाबद्ध रुपले अघि बढिरहेका छौं ।
लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने नाराका साथ अघि बढेको लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको औपचारिक समापन गर्न असमर्थ भएका छौं । लुम्बिनीमा हुने बुद्ध जयन्तीको भव्य कार्यक्रम पनि हुनेछैन् । यतिखेर विश्व कोरोना भाइरस विरुद्ध लडिरहेको छ । यो लडाईमा हामी पनि छौं । कोरोना विरुद्धको लडाईलाई सफल पार्न मुलुक डेढ महिनादेखि लकडाउनमा छ ।
विश्व शान्तिको कामनाका लागि र कोरोना विरुद्धको अग्रमोर्चामा खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा सबैले आज साँझ घर—घरमा दीप प्रज्ज्वलन गरौं । लकडाउनको पालना गर्दै सबै घर—घरमा बस्न सक्दा मात्रै कोरोना विरुद्धको संघर्षलाई सफल बनाउन सकिन्छ । तसर्थ म यस अवसरमा लकडाउनको पूर्ण रुपमा पालना गरी आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन हार्दिक अपील गर्दछु ।
२५६४ औ बुद्ध जयन्तीको अवसरमा पुनः सम्पूर्ण दिदीवहिनी तथा दाजु भाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

मुख्यमन्त्री
शंकर पोखरेल

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*