नेपालमा संक्रमितको संख्या १२० पुुग्यो

खबरपथ संवाददाता
२९ बैशाख २०७७, सोमबार १३:२४

बुटवल । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार कपिलबस्तुमा  १० जनामा कोरोना भेटिएको हो । यस संगै नेपालमा कारोना संक्रमितको संख्या १२० जना पुगेको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

मन्त्रालयका अनुसार सबैजनाको स्वास्थ्य समान्य रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*