भारतमा रहेका नेपाली नागरीकलाई भारत सरकारले ख्याल गर्नुपर्छ : मुख्यमन्त्री पोख्रेल

नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र
खबरपथ संवाददाता
२९ बैशाख २०७७, सोमबार १८:५०

बुटवल । भारतमा रहेका नेपाली नागरीकलाई भारत सरकारले ख्याल गर्नुपर्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बताएका छन् । सोमवार नेपाली जनसम्पर्क समिति उत्तरभारत क्षेत्रद्धारा मुख्यमन्त्री पोख्रेललाई भारतमा रहेका नेपालीहरु समस्यामा रहेको र उनीहरुका पिडाहरु समाधान गर्ने सन्दर्भहरु सहितको ज्ञापन पत्र बुझ्ने क्रममा सो कुरा बताएका हुन् । उनले नेपाल सरकारले भारतीय नागरिकहरुलाई सुरक्षित तरिकाले हेरविचार गरिरहेको उल्लेख गर्दै भारत सरकारले पनि नेपालीहरुको हेरचाहा गर्नुपर्ने बताए ।
संस्थाकी अध्यक्ष सुनिता कुँवरले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै भारतमा नेपालीहरुको समस्याहरुको बारेमा बताइन् । उनले नेपालीहरु कोरोनाकोमारले गर्दा दैनिकी काट्न पनि नसक्ने अवस्थामा पुुगेको बताइन्।
उनको भनाईको प्रतिउत्तरमा मुख्यमन्त्री पोख्रेलले भारतमा रहेका नेपालीहरुको समस्या समाधान गर्न केन्द्र सरकार संग पहल गर्ने बताए ।
भारतमा रहेका नेपालीहरु कयौँ दिनसम्म हिडेर नेपाली सिमा नाकामा आएको तर नेपाल प्रवेश गर्न नपाउँदा उनी नाकामै विचल्ली परेको ज्ञापन पत्रमा उल्लेख छ । भारतमा रहेका नेपालीहरु नेपाल सरकारले तोकेको परिधिभित्र रही आवश्यक समय नेपाली क्वारेन्टाइनमा बसी स्वास्थ्य परिक्षणगरि घर फर्कन चाहेको उल्लेख छ । यदि यथासिघ्र नेपाल फर्काउन नसकिने अवस्था भए सोही स्थानमा गास र बासको व्यवस्थापन गरिनुपर्ने बताइएको छ । ज्ञापन पत्र बुझाउन समितिका उपाध्यक्ष राजु कुँवर लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*