शिबनगर सामुदायिक वनद्धारा डढेलो नियन्त्रण

खबरपथ संवाददाता
२९ बैशाख २०७७, सोमबार २०:१२

बुटवल । शिबनगर सामुदायिक बन उपभोक्ता समितीद्धारा डढेलो नियन्त्रण गरिएको छ । शिबनगर सामुदायिक बनको सिमानामा जोडिएको देबदह साझेदारी बनमा सोमबार लागेको डढेलो नियन्त्रणमा लिन सफल भएको हो ।

शिवनगर सामुुदायिक वनका अध्यक्ष नारायण बहादुर घिमिरे , वनका कोषाध्यक्ष राजेन्द्र रिजाल (राजुु) र बनका कर्मचारीहरुको   संयुक्त टोलीद्धारा देवदह साझेदारी बनमा लागेको डढलो नियन्त्रणमा लिईएको थियो ।

देवदह साझेदारी बनको २० हेक्टर क्षेत्रफलमा सोमबार १ बजे देखि लागेको डढेलो नियन्त्रणमा लिईसकिएको शिवनगर सामुदायिक बनका कोषाध्यक्ष राजेन्द्र रिजाल (राजुु)ले बताउनु भएको छ ।  बनमा दाउरा ,घास लिन जाने ब्यक्तिहरुले चुरोट खाएर जथापाई फालेकाकारणले डढेलो लागेको हुन सक्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*