थप १३ जनामा कोरोना पुुष्टी, नेपालमा १३४ पुुग्यो

खबरपथ संवाददाता
२९ बैशाख २०७७, सोमबार २१:०१

बुटवल । नेपालमा थप १३ जनामा कोरोना पुुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका ६ , कपिलबस्तुका ६ र बर्दियाका १ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो ।

रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका –६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै कपिलबस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का १५,१९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसैगरी बर्दियाको राजापुर ५ का ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै मुलुकभर कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*