एकै दिन थप ५७ जनामा कोरोना पुष्टी, नेपालमा १९१ पुग्यो

खबरपथ संवाददाता
३० बैशाख २०७७, मंगलवार १३:४३

बुटवल ।  नेपालमा एकै दिन थप ५७ जनामा कोरोना पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा मंगलबार गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । ति मध्ये ३३ जना निको भैसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*