शिवनगर सामुदायिक बनको छैठौ नियमित बैठक सम्पन्न

खबरपथ संवाददाता
३० बैशाख २०७७, मंगलवार १९:४७

बुटवल । शिवनगर सामुदायिक बनको छैठौ नियमित बैठक मंगलबार सम्पन्न भएको छ । शिवनगर सामुदायिक बनका अध्यक्ष नारायण बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा समितिको नियमित कार्यक्रमहरुको जानकारी गराउँदै अध्यक्ष घिमिरेले शिवनगर बनलाई पर्यावरण पर्यटनको अवधारणा अनुसार योजना बनाई अगाडी बढाईने बताउनु भएको छ । अध्यक्ष घिमिरेले २६ बर्ष देखि निरन्तर शिवनगर सामुदायिक बन समितिले यस क्षेत्रको वनजंगल संरक्षण र संवर्धन गर्दै आएकोमा अवका दिनमा प्रदेश ५ कै पर्यावरण पर्यटनको प्रमुख सामुदायिक वनको रुपमा अगाडी बढाईने जानकारी दिनुभएको हो ।
अध्यक्ष घिमिरेले समितिमा चैत्र महिना सम्म लगभग १२ लाख खुदघाटा देखिएकोमा लकडाउन समयभित्र हावाहुरीबाट ढलेका काठ दाउरा २५ लाख बराबरको रहेको र ३ लाख बराबरको ढुङ्गा जम्मा भएकोले लकडाउन पश्चात बिक्री गरी समिती खुद नाफामा जाने बताउनु भएको छ ।


अध्यक्ष घिमिरेले लकडाउनका कारण कतिपय योजनाका कार्यहरु गर्न नसकिएकाले लकडाउन खुल्ला हुना साथ योजनाका कामहरु ऋगाडी बढाईने बताउनु भएको छ ।
बैठकमा वनसमितिका कोषाध्यक्ष राजेन्द्र रिजालले मासिक आयब्ययको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी आन्तरिक लेखा समितका संयोजक कृष्ण बहादुर कार्कीले आयब्याय चुक्त दुरुस्त राखिएको बताउनु भएको थियो ।
त्यसै कार्यसम्पादन समितिका संयोजक थानेश्वर बश्यालले कार्यसम्पादन गतिविधी प्रस्तुत गर्नुभएको थियो ।


बैठकमा वार्ड नं. ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठले शिवनगर बन उपभोक्ता समितिको कार्ययोजनाका लागी पूर्ण सहयोग पु¥याउने बताउँदै शुभकामना ब्यक्त गर्नुभएको थियो । त्यसैगरी समितीका पूर्व अध्यक्ष नारायण बाबु बस्नेत , समितिका सल्लाहकारहरु बल बहादुर आचार्य, पदमराज गाहा,थर्क बहादुर बाह्रघरे , दिनानाथ गिरी, प्रदिप गिरी, कमल भुषाल , राजेन्द्र रायमाझी लगायतले महत्वपूर्ण सुझाव सहित शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । बैठक समितीका सचिब स्यामकली आचार्यले सञ्चालन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*