लुम्बिनीमा कोरोना कहर : स्थानीय सरकारद्वारा नाकाबन्दीको घोषणा

बिन्दु कुमार चौहान
३० बैशाख २०७७, मंगलवार २२:२५

लुम्बिनी । सधै भरि शान्तिको ध्वनी गुञ्जिने बिश्वशान्तिका अग्रदूत महामानवको जन्मस्थल लुम्बिनीमा कोरोना भाईरस ( कोभिड १९ ) को कहर बढेको छ ।
बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रमा ११ जना पुरुषहरु कोरोना संक्रमित फेला पारिएको राष्ट्रिय जनस्वास्थ्य प्रतिष्ठान काठमान्डौद्वारा पुष्टि भएपछि बिश्वशान्तिको केन्द्र लुम्बिनी माथि कोरोना कहर बढेको हो ।
तथ्याँक अनुसार वडा नं. २, ३,४,७,११ र १३ गरि १७ बर्ष देखि ५० बर्ष सम्मका ११ जना पुरुषहरुमा कारोना भाईरस संक्रमण फेला परेको लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य संयोजक ध्रुवघिमिरेले जानकारी गराए ।

उनले लुम्बिनी बौद्ध बिश्व बिद्यालयको छात्रावासको क्वारेनटाईनमा दुई जना पुरुष तथा श्रीलंंका गेष्टहाउसको क्वारेनटाईनमा नौ जना कोरोना संक्रमित भेटिएपछि लुम्बिनीबासी कोरोना कहरबाट त्रसित भएको बताए ।
यसै गरि कोरोना कहरको बिपत्तीबाट जोगिन आज(मंगलबार) राति नौ बजे देखि अर्को आदेश नभए सम्मका लागि पूरै लुम्बिनी साँस्कृतिक नगरपालिकालाई शिल गरिएको स्थानीय सरकार प्रमुख मनमोहन चौधरीले घोषणा समेत गरेका छन ।
आजै (मंगलबार) राति नौ बजे देखि लागू हने आपतकालमा बिहान नौ बजे देखि दिउसो १२ बजे सम्म खाद्यान्न पसल बाहेक अरु सरसामान खरीद बिक्रीमा रोक लगाएको छ ।
नाकाबन्दीका बेला अति आवश्यक सवारीसाधन बाहेक पैदल समेत हिडडुल गर्न सख्त मनाही गरिएको हुदा उलंघन गर्ने जो सुकै माथि कार्यवाही हुने स्थानीय सरकार प्रमुख चौधरीले चेतावनी समेत दिएका छन ।
नगर क्षेत्र बाहिरबाट पनि आवागमनमा पूर्ण रुपमा नाकाबन्दी गरिएकोले त्यसको पालना गर्न गराउन स्थानीय सरकार प्रमुख चौधरीले सार्बजनिक रुपमा अपील समेत गरेका छन । यसै गरि जिल्लाकै मर्चवार क्षेत्र सम्मरीमाई गाँउपालिकामा चार जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भए पछि आज(मंगलबार) बिहान देखि वडा नं. ४ र ७ का पूरै गाँउहरु शिल गरि आवतजावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*