थप २६ जनामा कोरोना पुुुुष्टी, नेपालमा २१७ पुुग्यो

खबरपथ संवाददाता
३१ बैशाख २०७७, बुधबार ०८:५०

बुटवल । नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना पुुुुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डा. समिर अधिकारीका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको जनाकारी दिनुु भएको छ । जनस्वास्थ प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षण अनुसार मंगलबार राती थप २६ जनामा संक्रमण भेटिएको हो । मंगलबार एकैदिन ८३ जनामा कोरोना पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुुगेको छ । तीमध्ये ३४ जना उपचार गरी घर फर्किएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*