थप २४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित २४३ पुुग्यो

खबरपथ संवाददाता
३१ बैशाख २०७७, बुधबार २१:०९

बुटवल । नेपालमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार राष्टिय जनस्वास्थ्य प्रयोगशाला  काठमाण्डौ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षण अनुसार  थप २४ जनामा कोरोना संक्रमण पुुष्टी भएको हो ।

संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भेटिएका छन् । त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।
त्यस्तै पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस अघि बुधबार दिउँसो २ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु कपिलवस्तु र बाँकेका थिए । यस संगै नेपालमा कारोना संक्रमितको संख्या २४३ पुुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*