नेपालमा कोरोना संक्रमतिको संख्या २५० पुुग्यो

खबरपथ संवाददाता
१ जेष्ठ २०७७, बिहीबार ०९:२४

काठमाडौं । नेपालमा कोरोना संक्रमतिको संख्या २५० पुुगेको छ । बिहिबार बिहान थप ७ जनामा कारोना पुुष्टी भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ७मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।

उनिहरु सर्लाहीका १, धनुषामा र महोत्तरीका २ र २ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।

त्यस्तै बिहीबार बिहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*