थप तिन जनामा कोरोना पुुष्टी, नेपालमा २४९ पुुग्यो

खबरपथ संवाददाता
१ जेष्ठ २०७७, बिहीबार २१:१९

काठमाडौं । नेपालमा थप तिन जनामा कोरोना पुुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
यस संगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*