थप ९ जनामा कोरोना पुष्टी, नेपालमा २५८ पुुग्यो

खबरपथ संवाददाता
२ जेष्ठ २०७७, शुक्रबार १०:५२

काठमाडौं – नेपालमा थप ९ जनामा कोरोना पुष्टी छ । शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ ,२७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*