नेपालमा कोरोनाबाट २९ वर्षीय महिलाको मृत्यु भएको पुष्टि

खबरपथ संवाददाता
३ जेष्ठ २०७७, शनिबार २३:३२

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट पहिलो पटक एक जनाको मृत्यु भएको  छ । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।  मन्त्रालयले कोभिड–१९ बाट  मृत्यु भएको यो पहिलो घटना भएको शनिबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको छ । मन्त्रालयका अनुसार मृतक महिला सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन्  भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । तर घर गएसँगै उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि  स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैमा उनको मृत्यु भएको  मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*