सामाजिक विकास मन्त्रीद्धारा इद पर्वको शुभकामना व्यक्त

खबरपथ संवाददाता
१२ जेष्ठ २०७७, सोमबार ०९:३६

बुटवल । इस्लाम धर्मालम्वीहरुको महत्वपुर्ण पर्व इद उल फितर ईदको अवसरमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना सन्देश दिदै सामाजिक विकास मन्त्री बरालले पर्वले सबै नेपालीहरुको आपसी भातृत्व विकास हुने बताउनु भएको छ ।
उहाले नेपालमा धार्मिक तथा सांस्कृतीक विविधता रहको उल्लेख गर्दे पर्वहरुले सबै नेपालीहरुलाई एकतामा वाध्ने विश्वास व्यक्त गर्नु भएको छ । उहांले कोभिड १९ वाट कुनै पनि समुदाय अछुतो नरहेको बताउदै सवै मिलेर यसको सामाना गर्नुको विकल्प नभएको बताउनु भएको छ ।
’हाम्रा चाडपर्वले एकता र भातृत्वको सन्देश वोकेका छन , इस्लाम धर्मसंग सम्वन्धीत यो पर्वले सबैमा एकता उदारता प्रेम, सहिष्णुता, शान्ति सहअस्तीत्व, सदाचार कायम गर्न सफल होस शुभकामना व्यक्त गर्दछु । ’ शुभकामना सन्देशमा उहाले उल्लेख गर्नु भएको छ ।
महिना भरी रोजा वसी रोजा खोल्ने दिन इद पर्व मनाईन्छ । आफूले वर्ष भरीमा कमाएको रकमको २।५ प्रतिशत हुन आउने रकम गरिव तथा असाहयलाई दानगर्नु पर्ने धार्मिक मान्यता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*