अर्थमन्त्रीद्धारा १४ खर्ब ६४ अर्बको बजेट प्रस्तुत

खबरपथ संवाददाता
१५ जेष्ठ २०७७, बिहीबार २१:३१

बुटवल । सरकारले आगामी आर्थिक बर्ष २०७७/ ७८ को लागी १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाको बजेट प्रस्तुत गरेको छ । संघिय संसदमा बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७/ ७८ को लागी बजेट प्रस्तुत गर्नुभएको थियो ।
कुलबजेट मध्य ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैया चालु खर्च र ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैया पुुँजीगत खर्च हुनेछ । जसमा सरकारले राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैया र विदेशी अनुदान ६० अर्ब, विदेशी ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब जुटाउने योजना छ ।
सरकारले विनियोजन गरेको बजेटको आकार चालू आर्थिक वर्षको भन्दा घटेको छ । चालू आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*