कोरोना सँग जुुध्न सम्पूर्ण शक्ति खर्चिनेः मेयर चौधरी

बिन्दु कुमार चौहान
१७ जेष्ठ २०७७, शनिबार १४:१०

लुम्बिनी । लुम्बिनी साास्कृतिक नगरपालिका मेयर मनमोहन चौधरीले बिश्व ब्यापी महामारी कोरोना भाईरस ( कोभिड १९ ) सँग जुध्न सम्पूर्ण शक्ति खर्चिने बताएका छन ।
सो कुरा उनले नगरपालिका स्थित कोवारेनटाईनका आरडीटी परीक्षण निगेटिभ सेवाग्रहीहरुलाई बिदाई समारोहलाई सम्बोद्धन गर्दै बताएका छन ।


लुम्बिनी मेयर चौधरीले आरडीटी निगेटिभ सेवाग्रहीहरु घर फर्किए पछि पनि अझै एकसाता होमसेल्फ क्वारेनटाईनमा बस्न आग्रह गर्दै पुन संक्रमणको लक्षण देखिए तुरन्त ९८५७०२४७९३ मा खबर गर्न अनुरोध समेत गरे ।
उनले नगरभित्र देखिएका सबै आरडीटी पोजिटिभ सेवाग्रहीहरुलाई बचाउन नगरपालिकाको सम्पूर्ण शक्ति खर्चिएर पनि कोराना बिरुद्धको संर्घषमा हातेमालो गर्दै अघि बढन सरोकारवाला सँग अनुरोध गरे ।
बिदाई कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्यशाखा प्रमुख ध्रुवघिमिरेले क्वारेनटाईनको ब्यवस्थापनमा भएको कमीकमजोरीलाई सच्चयाउदै आफूहरु अगाडी बढन तयार रहेको हुदा क्वारेनटाईन ब्यवस्थापनका लागि सरोकारवालाले साथ दिनुपर्ने बताए ।
सो अवसरमा महिला बिकासशाखा प्रमुख राजेन्द्र प्रसाद यादव, स्वास्थ्य सहसंयोजक बुधनाथ बरई ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वरकार्की लगायतको उपस्थिती थियो ।
कुल २१ क्वारेनटाईनमा ६ सय २१ सेवाग्रही मध्ये  ६६ जना महिलापुरुषहरुमा आरडीटी परिक्षण हुदा ४५ जना  घर फकिैनुका साथै दश महिने बालिका सहित तीन महिला गरि २१ जनामा आरडीटी नतीजा पोजिटिभ देखिएको नगर स्तरीय स्वास्थ्य शाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*