क्वारेन्टीनमा स्वास्थ्य सामग्री तथा फलफूल बितरण

बिन्दुु कुमार चौहान
१७ जेष्ठ २०७७, शनिबार १४:२८

लुम्बिनी । बिश्व बयापी महामारी कोरोना भाईरस ( कोभिड १९ ) रोकथाम तथा नियन्त्रणका लागि लुम्बिनी साास्कृतिक नगरपालिमा बनाईएका वडा स्तरीय क्वारेन्टीनमा हिन्दु युवा बाहिनी लुम्बिनीले स्वाथ्य सामग्री तथा फलफूल बितरण गरेको छ ।
सो संस्थाले लुसानपा ४,७,९ र १० स्थित क्वारेन्टीनमा एकसय ६० जना सेवाग्रहीहरुलाई साबुन, सेनीटाईजर, मास्क, ग्लोब्स तथा फलफूल बितरण गरेको हो ।
लकडाउनका बेला अति बिपन्न परिवारहरु राहत सामग्री प्राप्त गर्न ९८१२९०५६३८ नम्बर मोबाईलमा सम्पर्क गरे घरमै लुम्बिनी हिन्दु युवा बाहिनी कार्यकर्ता मार्फत पुरयाउने लुम्बिनी नगर अध्यक्ष आजाद गुप्ताले जानकारी गराए ।
यसै गरि लुसाँनपा ११ स्थित मसिनाबाबा नरेन्द्रपुरी माबि मोगलहा क्वारेन्टीनका ८६ जना सेवाग्रहीहरुलाई समाजबादी पार्टीद्वारा फलफूल बितरण गरिएको केन्द्रिय सदस्य अब्दुल रहमान खानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*