दुग्ध दिवसमा बुटवलमा निःशूल्क दुध वितरण

खबरपथ संवाददाता
२० जेष्ठ २०७७, मंगलवार २१:५८

बुटवल । २० औं विश्व दुग्ध दिवसको अवसरमा बुटवलमा निःशूल्क दुध वितरण गरिएको छ । नेपाल डेरी ऐशोसियसन प्रदेश ५ ले बुटवलको गौतमबुद्ध मुटु अस्पतालका परिषरमा रहेकालाई निःशूल्क दुग्धपान गराएको हो ।

नेपाल डेरी ऐशोसियसन प्रदेश ५का संयोजक कृष्ण भट्टराईले कोरोना संकटको समयमा अस्पतालमा रहेका बिरामी , आफ्न्त , स्वास्थ्यकर्मी , सडकयात्रुलाई निःशूल्क रुपमा दुग्धपान गराईएको बताउँनुभयो। कार्यक्रमका प्रमुख अतिथि गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमलले दुध सबैको लागि आवश्यक पौष्टिक आहार भएको बताउँदै अस्पताल परिषदमा निःशूल्क दुध वितरण गरेकोमा धन्यबाद ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल डेरी ऐशोसियसनका केन्द्रीय महासचिब दयाराम भण्डारी , प्रदेश ५ सचिब घननाथ पौडेल , दुग्ध ब्यवसायी तथा कार्यक्रम संयोजक जयनारायण न्यौपाने लगायतले दुधको महत्वको बारेमा प्रकाश पानुभएको थियो । सो कार्यक्रममा ३ सय जनालाई दुग्धपान गराईएको कार्यक्रम संयोजक न्यौंपानेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*