जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा मन्त्री बरालद्धारा शुभकामना ब्यक्त

खबरपथ संवाददाता
२१ जेष्ठ २०७७, बुधबार १४:०५

बुटवल । आज नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको ऐतिहाँसिक दिन । यसको स्मरण गर्दे प्रत्येक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइन्छ ।

दिवशको अवसरमा प्रदेश नं ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभकामना ब्यक्त गर्नु भएको छ । शुभकामना सन्देश जारी गर्दे मन्त्री बरालले १० वर्षे महान जनयुद्ध लगायतका सबै संघर्षको परिणाम स्वरुप नयां संविधानले समानतायुक्त अधिकारको ग्यारेन्टी गरेको उल्लेख गर्दे समाजमा अहिले पनि कुनै नकुनै रुपमा जातिय छुवाछुत कायम रहेको प्रति चिन्ता व्यक्त गरेका छन । सन्देशमा उल्लेख छ — समाजमा जातीय छुवाछुत जस्तो अमानवीय प्रथा कुनै न कुनै रुपमा कायमै रहनु २१ औ शताब्दीका मानवजाती माथिको कलंक हो ।’

सामाजिक सोंच र व्यवहारमा रुपान्तरण नभएसम्म जतिसुकै कानून वनेपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको मन्त्री बरालले उल्लेख गर्नुभएको छ । समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिता वढाउदै आम समुदायको चिन्तनमा रुपान्तरण जरुरी रहेको मन्त्री वरालले सन्देशमा उल्लेख छ ।

नेपालमा विद्यमान जातीय छुवाछुत लगायतका सबै प्रकारका विभेदका विरुद्ध नेपाली जनताले लामो संघर्ष गर्दै आएका जनाउदै उहां त्यसैको परिणाम स्वरुप संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छूवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको छ भने धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकका रुपमा उल्लेख गरिएको बताउनु भयो ।

संवैधानिक निकायका रुपमा राष्ट्रिय दलित आयोगको स्थापना हुनु , जातीय भेदभाव तथा छुवाछुत उन्मूलन र दलित अधिकार प्रवर्धनका लागि थुप्रै नीतिगत र संस्थागत व्यवस्था हुनु, सकारात्मक विभेदका आधारमा राज्यका निकायमा सहभागिताको अवसर वढ्नुलाई महत्पपूर्ण उपलव्धीका रुपमा लिन सकिन्छ ।

मन्त्री बरालले कोभिड–१९को संक्रमणका कारण देश वन्दावन्दीको विषम परिस्थितीमा गुज्रिएको जनाउदै सबै जाती समुदायको संयुक्त प्रयासबाटै कोरोनामाथी जित सम्भव रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

‘कुनैपनि जात, जाति, वंश, समुदाय, पेशा्व्यवसाय र शारीरिक अवस्थाका आधारमा भएका सामाजिक छुवाछुत, भेदभाव, वहिष्कार र प्रतिवन्ध जस्ता मानवता विरोधी कार्यको अन्त्य गर्दै सवैलाई न्यायको अनुभूति गर्न गराउन सम्वद्ध सवै पक्षलाई प्रेरणा र सफलता मिलोस् भन्ने शुभ कामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*