करको समयसिमा फिर्ता लिन बु. उ. वा. संघको आग्रह

खबरपथ संवाददाता
२१ जेष्ठ २०७७, बुधबार १४:४६

बुटवल । आन्तरिक राजश्व विभागको कर बुझाउने सूचना प्रति बुटवल उद्योग बाणिज्य संघले गमिभर ध्यानाकर्षण भएको बताएको छ । आन्तरिक राजश्व विभागले यहि जेठ २५ गते भित्र कर विवरण तथा कर दाखिला गर्ने सूचना जारी गरेको थियो ।

एकातिर मुलुक लकडाउनमा भएको र अर्कोतिर लकडाउनका कारण सम्पूर्ण उद्योग व्यापार व्यबसाय बन्द रहेको अवस्थामा विभागले जारी गरेको उक्त सूचना अव्यबहारिक भएको भन्दै बुटवल उद्योग बाणिज्य संघले त्यस निर्णयलाई फिर्ता लिन आग्रह गरेको हो ।

संघले अर्थमन्त्री युवराज खतिवडालाई ध्यानाकर्षण गराउँदै त्यस्तो अव्यबहारिक निर्णय फिर्ता गर्न आग्रह गरेको हो । ‘एकातिर बन्दाबन्दीको अवधिमा उत्पादन तथा व्यबसायिक कारोवार ठप्प छ भने अर्कोतर्फ सम्मानित सर्बोच्च अदालतले बन्दाबन्दीको समयलाई शुन्य समय मानि कार्य गरेको अवस्थामा बन्दाबन्दीकै समयमा कर विवरण र कर बुझाउने कार्य असम्भव ।’ विज्ञप्तीमा भनिएको छ–‘आगामी आर्थिक वर्षको बजेटमा समेत व्यबसायीले खास राहन पाउन नसकेको र सरकारको यस प्रकारको निर्णयले उद्योग व्यबसायीप्रति सरकार अनुदार मात्रै होईन क्रुर देखिएको हामिले महसुस गरेका छौं ।’

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि मुलुकलाई लकडाउन घोषणा गरेको थियो । मुलुकमा भएकोृ लकडाउनका कारण करिव तीन महिनाको अवधिमा उद्योग व्यबसाय पूर्ण रुपमा ठप्प भएको भन्दै यस्तो परिस्थितीमा मुलुक सामान्यीकरण भएको मितिमा तयारी अवस्थामा रहन भनेको भए व्यबहारिक हुने पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा लकडाउन भएको समयमा सामान्य मानिस पनि हिँडडुल गर्न समेत नसक्ने समयमा कर बिवरण र कर दाखिला गर्न नसकिने हुँदा तत्काल फिर्ता लिन आग्रह गर्दै अन्यथा सरकार, अर्थमन्त्रालय, आन्तरिक राजश्व विभागको बिरुद्ध जनमत निर्माण गरि अवज्ञाको वातावरण बनाउन बाध्य हुने समेत चेतावनी दिईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*