कर वुझाउने म्याद असार ७ गतेसम्म थप

खबरपथ संवाददाता
२१ जेष्ठ २०७७, बुधबार १७:१२

काठमाण्डौं । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । यसअघि विभागले जेठ २५ गतेभित्र चैतसम्म बुझाउनु पर्ने सबै कर बुझाउन सूचना जारी गरेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना जारी गर्दै मूल्यअभिवृद्धि कर र अन्तशुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ।
नयाँ थपिएको समयभित्र व्यवसायीहरुले २०७६ को माघ,फागुन चैत र २०७७ को वैशाखको मूल्य अभिबृद्धि करको विवरणअनुसार कर बुझाउनुपर्ने छ।

त्यस्तै अन्तशुल्क २०७६ को फागुन, चैत र २०७७ को वैशाखको विवरण र सोही विवरण अनुसारको कर असार ७ भित्रै बुजाउनुपर्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*