नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १० पुग्यो

खबरपथ संवाददाता
२२ जेष्ठ २०७७, बिहीबार १७:४१

काठमाण्डौं । नेपालमा थप ३३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म देशभरि सङ्क्रमतिको कुल सङ्ख्या २,६३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये २९० जना निको भइसकेका छन्।

कोरोनाका कारण थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् । पाल्पा पूर्वखोला गाउँपालिका सिरुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी भारतबाट फर्किएका पाल्पाका पुरुष हुन् । उनको जेठ २० गते मृत्यु भएको डा. देवकोटाले बताए । यससँगै अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*