तिनाउमा १४० बेडको क्वारेन्टिन स्थापना

भोजराज भट्टराई
२४ जेष्ठ २०७७, शनिबार १९:१२

पाल्पा  । तिनाउ गाउँपालिकाले भारत लगायत विभिन्न देशबाट आएका व्यक्तिहरूलाई राख्न १४० बेडको क्वारेन्टिन स्थापना गरेको छ । गाउँपालिकाले वडा नं. १ कचलको युवा वर्ष मा.वि.मा २० सेट, वडा नं. २ को दोभान मा.वि.मा ३० सेट, वडा नं. ३ को तिलोत्तमा मा.वि. झुम्सामा २५ सेटको क्वारेन्टिन स्थापना गरेको छ । यस्तैगरी वडा नं. ४ को पृथ्वी प्रकाश मा.वि. सत्यवतीमा २० सेट, वडा नं. ५ को चौवीस माइलको कल्याणी आधारभूत विद्यालयमा २० सेटको क्वारेन्टिन व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।

अध्यक्ष घर्तीका अनुसार वडा नं. ६ को मस्याम मा.वि.मा २० सेट विस्तारासहित १४० बेड सहितको क्वारेन्टिन स्थापना गरिएको हो । तिनाउ गाउँपालिकाको सवै वडामा गरी जम्मा १४५८ जना भारत लगायत अन्य देशमा नागरिकहरू रहेको गाउँपालिका स्रोतले जनाएको छ । हाल गाउँपालिकाका १५० जनामात्र नागरिक विदेशबाट फर्केको जानकारी दिदै अध्यक्ष घर्तीले सवैलाई क्वारेन्टिनमा खाना, खाजा र बासको व्यवस्थासहित राखिएको बताउनुभयो ।

गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा बसेका सबै नागरिकहरूको स्वास्थ्य अवस्था सामान्य रहेको क्वारेन्टिन व्यवस्थापन समिति संयोजक एंव गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिनुभयो । उहाँले क्वारेन्टिनमा बसेका नागरिकलाई गाउँपालिकाले निःशुल्क व्यवस्थापनसहित सहयोग गरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*