आइतबारदेखि मालपोत खुल्ने

खबरपथ संवाददाता
२४ जेष्ठ २०७७, शनिबार १९:५५

काठमाण्डौं । आइतबार देखि मालपोत खुल्ने भएको छ। कोरोना महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयपछि खुल्न लागेको हो ।

‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारू गर्नु हुन’ उल्लेख गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागशाखाका अधिकृत कृष्ण प्रसाद जोशीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*