थप ३२३ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १३ पुग्यो

खबरपथ संवाददाता
२४ जेष्ठ २०७७, शनिबार २१:०२

काठमाण्डौं । नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ ।
त्यसै गरी कैलाली र डोल्पामा एक र एक जनाको मृत्यु भएको छ । यस संगै नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौलाकी बिरामी धनगढी ४ की उनको शुक्रबार मृत्यु भएको थियो ।
त्यसै गरी डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुुष्टी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । यो सँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*