व्यबसायिक संस्थाद्वारा बुटवल बजार अनुगमन

खबरपथ संवाददाता
२६ जेष्ठ २०७७, सोमबार २१:२७

बुटवल । रुपन्देहीका व्यबसायिक संस्थाका प्रतिनीधिहरुकाे टाेलीले बुटवलमा बजार अनुगमन गरेकाे छ । व्यबसायिक संस्थाहरु र स्थानीय तहसंग भएकाे सहमति बिपरित निर्धारित भन्दा अन्य समयमा पनि पसलहरु खाेलिएकाे गुनासाे अाएपछि व्यबसायिक संस्थाका प्रतिनीधिहरुले बुटवलमा बजार अनुगमन गरेकाे हाे ।

हालै बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तह र व्यबसायिक संस्थाहरु बिच भएकाे बैठकमा बिहान १० देखि ३ बजेसम्म पसल खाेल्ने सहमति भएकाे थियाे । व्यबसायिक संस्थाका प्रतिनीधिहरुकाे टाेलीले बुटवलकाे अमरपथ, संगमपथ, राममन्दिर लगायतका स्थानमा बजार अनुगमन गरेकाे थियाे ।

अनुगमनका क्रममा कतिपयले सहमति बिपरित हुनेगरी बिहानैदेखि पसल खाेलेकाे पाईएकाे र उनीहरुलाई सहमति अनुसार १० देखि ३ बजे मात्रै पसल खाेल्न सुझाव दिईएकाे बुटवल उद्याेग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिनुभयाे । अनुगमनमा बुटवल उद्याेग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल, कार्यसमिति सदस्यहरु नरिश्वर शर्मा पाैडेल, प्रकाश श्रेष्ठ, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लाेहाेनी, उद्याेग व्यापार संघका वरिष्ठ उपाध्यक्ष गाेबिन्द गैरे लगायत सहभागी हुनुहुन्थ्याे ।

काेराेना भाईरस (काेभिड १९) काे संक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन गरेपछि ठप्प भएकाे बजार जिल्लाका व्यबसायिक संस्थाहरु र बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहहरुसंग सहमति भएपछि यहि हप्तादेखि बुटवलमा पसल खुल्न थालेकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*