नेपालमा थप ३१४ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२६ जेष्ठ २०७७, सोमबार २२:०४

काठमाडौं । नेपालमा थप ३१४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित मध्य कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताएका छन् ।
यसैबीच कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार स्याङजा जिल्ला वालिङ ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ ।

सोमबार देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टिनमा रहेका छन भने आइसोलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*