अर्घाखाँची पाणिनीका कृषकलाई कृषि सामाग्री प्रदान

खबरपथ संवाददाता
२७ जेष्ठ २०७७, मंगलवार २०:२३

बुटवल । अर्घाखाँचीको पाणिनी गाउपालिका वडा नम्बर ३ का कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत गाँउपालकिाको खिदिम फर्सवाटाकुरा वाँक्लीफाट धान ब्लकका कृषकहरुलाई बिभिन्न कृषि सामाग्रीहरु वितरण गरिएको हो ।

८० लाखको परियोजना अन्तर्गत कृषिमा गाँउपालिकाकै पहिलो नमुना कार्यक्रम मानिएको सो कार्यक्रममा ५० प्रतिसत अनुदानमा २४ वटा हाते ट्याक्टर, २ वटा धान काट्ने मेसिन , २ वटा पंखा, २०० थान त्रिपाल, १०० थान फरुवा लगायत रासायनिक मल, बिउ बिजन, किटनासक औषधी तथा अन्य कृषि सामाग्री कृषकहरुलाई हस्तान्तरण गरिएको हो ।

सामाजिक दुरी कायम गरि संचालित उक्त कार्यक्रमवाक्लीफाँट धान ब्लक संचालन समितिका संयोजक बसन्त केसीको अध्यक्षता, गाँउपालिका अध्यक्ष अच्युत गौतमको प्रमुख आतिथ्यता साथै , गाँउपालिका उपाध्यक्ष लक्ष्मि गौतम र वाड न ३ वडा अध्यक्ष देबी ब क्षेत्रीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको बताइएको छ ।

कार्यक्रम वडा ३ ओम प्रकास भुषाल लगायत सो ब्लकका कृषकहरुको उपस्थिती रहेको ब्लकका संयोजक बसन्त केसीलाई उदृद गर्दै न्यु लाईट कलेज शंकरनगरका प्राचार्य रमेश ज्ञवालीले जानकारी दिनुभयो ।

सो कार्यक्रमकबाट ५ सय बढि कृषकहरु लाभान्वित हुने कार्यक्रमका वक्ताहरुले बताए ।

कार्यक्रममा ब्लकका सह संयोजक हरी प्रसाद बञ्जाडेको स्वागत मन्तब्य र ब्लक का सचिव होम ब। घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*