नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२७ जेष्ठ २०७७, मंगलवार २०:५४

काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोना पुुष्टी भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना संक्रमण पुुष्टी भएको जानकारी दिनुु भयो । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् । यस सँगै संक्रमितको संख्या ४०८५ पुगेको छ ।

त्यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । अहिलेसम्म कोरोनाको उपचार गराएर ५८४ जना डिस्चार्ज भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्त गौतमले जानकारी दिनभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*