तिलोत्तमा ९ मा ब्यवस्थित कभर्ड हल निर्माण हुने

खबरपथ संवाददाता
२९ जेष्ठ २०७७, बिहीबार १५:२५

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा ९ करहियामा निर्माण हुन लागेको गौतमबुद्ध कभर्डहलको बुधबार सिलन्यास गरिएको छ । तिलोत्तमा ९ को वडा भवनदेखि थोरै उत्तरतर्फ ३ वटा ब्याडमिन्टन कोर्ट, बास्केटबल, जिम, ३३३ जनाको दर्शक प्याराफिट एंव ४५० जना भन्दा बढी बस्न मिल्ने कभर्ड हलको बुधबार वडा न. ९ का अध्यक्ष नारायण न्यौपानेले शिलन्यास गरेका हुन ।

संकट र महामारीको समयमा सुरक्षित आश्रय स्थलको रूपमा प्रयोग गर्न मिल्ने गरि बहुउद्देश्यीय हलको निर्माण कार्य यथाशिघ्र सम्पन्न गरिने अध्यक्ष नारायण न्यौपानेले जानकारी दिए । कभर्ड हल ३ करोड चालिस लाखको लागत स्टिमेटमा निर्माण सम्पन्न हुनेछ ।

सो अवसरमा निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीकुमार राना, रूपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापा, अनुगमन समितिका संयोजक खेमेन्द्र राना, म्एच् गर्ने भूमे सिभिल एन्ड आर्किटेक इन्जिनियरिङ सर्भिसेजका संचालक श्रीप्रसाद थापा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*