बुटवलमा सरकार विरुद्ध युवाहरुको प्रदर्शन

खबरपथ संवाददाता
३० जेष्ठ २०७७, शुक्रबार १५:३०

बुटवल । प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा युवाहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन । बुटवलको पुष्पलाल पार्कमा सरकार विरुद्धका नारा लेखिएका प्लेकार्ड , ब्यानर र राष्ट्रिय झण्डा सहित युवाहरु जम्मा भएका थिए ।

स्वतस्फूर्त जम्मा भएका युवाहरुले कोरोना नियन्त्रणमा भएको १० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट लागु गर’, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, ‘नो पीसीआर, नुन, तेल, बेसार’, ‘खाएर  हुँदैन कोरोनाको उपचार, चाहियो पीसीआर’  लगायतका  विभिन्न नारा लगाउँदै बुटवलको पुष्पलाल पार्क, हस्पिटल लाइन ,बसपार्क हुँदै मुख्यमन्त्री कार्यालय नजिक जेसिज चोकमा गई प्रदर्शन गरेका छन् ।

लकडाउनका बिच केहि दिन यता देशका विभिन्न स्थानमा युवाहरु सामाजिक सञ्जालमार्फत स्वतस्फर्त रुपमा भेला भई सरकार विरोधी प्रदर्शन गर्दे आईरहेका छन । त्यसै अनुसार शुक्रबार बुटवलमा पनि प्रदर्शन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*