ऐतिहासिक संविधान संशोधन विधेयक सर्वसम्मतले पारित, अब नयाँ नक्सा सहितको निशान छाप

खबरपथ संवाददाता
३१ जेष्ठ २०७७, शनिबार २१:२७

काठमाण्डौं । नेपालको संविधान (दोस्रो संसोधन) विधेक २०७७ दुुई तिहाई बहुुमतले पारित भएको छ । प्रतिनिधी सभाको शनिवार बसेको बैठकमा दुुई तिहाई भन्दा बढी बहुमतले संविधान संसोधनको पक्षमा मत दिएका छन् । बैठकमा मतदानको समयमा उपस्थित २५८ जना सांसद उपस्थित थिए  जसमा संविधान संसोधनको पक्षमा सबैले मत दिएका छन् । जसको विपक्षमा सूून्य अथवा कुनै पनि मत नपरेको हो ।

सरकारले वास्तविक भूमिअनुसार नेपालको नक्सा निशान छापमा समेट्न संविधान संसोधन विधेयक ल्याएको थियो । उक्त निशान छापमा भएको नक्सामा कालापानी , लिम्पियाधुरा र लिपुुलेक क्षेत्र यस अघि समेटिएको छ । सरकारले जेष्ठ ७ मा उक्त क्षेत्रहरु समेटिएको नक्सा जारी गरेको थियो । त्यसै गरी जेष्ठ १८ गते नयाँ नक्सा समेटिएको संविधान संसोधन विधेक प्रतिनिधी सभामा पेश गरेको थियो ।
संविधान संसोधनको पक्षमा प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेस , राजपा नेपाल, समाजवादी पार्टी ,राप्रपा, राजमो ,नेमकिपाले गरेका थिए । यस संगै राष्टिय सभाबाट पारित भएर राष्टपतिबाट पारित भए पछि नेपालको निशान छाप परिवर्तन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*