बुटवलमा नियमित रक्तदाता तदर्श समिति गठन

खबरपथ संवाददाता
३१ जेष्ठ २०७७, शनिबार २२:३५

बुटवल । बुटवलमा नियमित रक्तदाता तदर्श समिति गठन भएको छ । शनिवार बुटवलमा आयोजित एक भेलाले दया सिलवालको संयोजकत्वमा  ,सह–संयोजक लेखनाथ भण्डारी, सचिवमा महेश खनाल कोषाध्यक्षमा दीपक अधिकारी र सह सचिवमा मधु न्यौपाने रहेको तदर्थ समिति गठन गरेको हो । त्यस्तैगरी सदस्यहरुमा मन्जु गिरि प्रेम सुनार, भरत पुरी, राजु रसायली, भास्कर शाही, विष्णु  भण्डारी रोशन अर्याल र सुरेन्द्र थापा चयन हुनु भएको छ ।

रुपन्देहीमा केही वर्ष निस्क्रिय हुँदैै आएको नेपाल रक्तदाता संघलाई पुन सञ्चालन गर्नका लागि तदर्थ समिति गठन गरिएको हो । २०६१ सालमा बुटवलका एक समाजसेवी सरोज सिलवालको संयोजकत्वमा स्थापना गरिएको नेपाल रक्तदाता संघ २०६४ साल सम्म सक्रिय रुपमा सञ्चालन हुँदै आएको र उक्त संघका संयोजकको २०६४ साल भदौ २४ गते निधन भएपछि सो संघ हाल सम्म निस्क्रिय हुँदै आएको थियो ।
भेलामा रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले तत्कालिन समयमा नियमित रक्तदाता संघ स्थापनाको स्थापना गर्नु भएका स्व. शिलवालले संघलाई छोटो समयमा निकै चलायमान वनाउन सफल भएको स्मरण गरिएको थियो ।
लुम्विनी अञ्चलका पहिलो रक्तदाता एंव समाजसेवी मृगेन्द्र कुमार शेरचनको अध्यक्षतामा बसेको भेलामा  समाज सेवी तथा संघका सल्लाहकार विमल बहादुर शाक्य, सुुरेन्द शाक्य  साथै सक्रिय रुपमा नियमित रुपमा रक्तदान गर्दै आएका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
त्यसै गरी संरक्षक मृगेन्द्र कुमार शेरचनले संघलाई वलियो वनाउन आर्थि पक्षको खाँचो पर्ने भएकाले १ लाख १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*