सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

खबरपथ संवाददाता
३२ जेष्ठ २०७७, आईतवार १४:४५

परासी। सवारी दुर्घटनामा परी नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियो अनियन्त्रित भइ दुर्घटना हुन पुगेको हो ।

उनी सवार गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्छ्मी नगरको पुलमा ठोक्किएर खोलामा खसेको थियो ।

दुर्घटनामा घाईते हुनु भएका शर्माको बर्दघाट स्थित चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले बताए ।

शर्मासंगै गाडीमा सवार रहेका उनका सहयोगी प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर समान्य घाईते भएका छन् ।

शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*