प्रदेशसभा सदस्य न्यौपानेद्धारा सामुदायिक वनमा वृक्षारोपण

खबरपथ संवाददाता
३ असार २०७७, बुधबार २०:३०

तिलोत्तमा । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपानेले सामुदायिक वनमा बिरुवा रोपेर आफ्नो जन्मदिन मनाएका छन् । बुधबार आफ्नो ६१ औं जन्मोत्सवको अवसर पारेर करहिया सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरेका हुन् । ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य भएका कारण उनले पाँचवटा बिरुवा रोपेका थिए ।
प्रदेश ५ का अर्थ, उद्योग एवं पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आँप, लिचि, कागतीलगायतका बिरुवा रोपेका हुन् । वृक्षारोपण अभियानलाई सार्थक बनाउन र वातावरण संरक्षणका लागि जन्मदिन पारेर वृक्षारोपण गरेको भन्दै न्यौपानेले सबैलाई रचनात्मक काम गरेर जन्मदिन मनाउन आग्रह गरे । वृक्षारोपण कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, सदस्य एवं नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो । प्रदेशसभा सदस्य न्यौपाने नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देहीका सहइन्चार्ज हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*