सियारीमा क्षयरोग गतवर्षको तुलनामा कम

खबरपथ संवाददाता
३ असार २०७७, बुधबार २१:२२

सियारी । रुपन्देहीको सियारी गाउँपालिकामा क्षयरोग गतवर्षको तुलनामा यस वर्ष कम देखिएको छ । गत वर्ष ०७५/७६ मा ३० जनामा क्षयरोग देखिएको थियो भने आर्थिक वर्ष ०७६/७७ मा २३ जनामा यस रोग देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै सियारी गाउँपालिकामा गत वर्ष ०७५/७६ मा ६ जनामा कुष्ट रोग देखिएको थियो भने आर्थिक वर्ष ०७६/७७ मा ५ जनामा कुष्ठ रोग देखिएको स्वास्थ्य शाखा प्रमुख वुद्धि बहादुर घर्तिले जनाकारी दिनु भयो ।

क्षयरोग र कुष्ठ रोगको जाँच–उपचार तथा औषधी निःशुल्क रुपमा स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध भैरहेकोले जो कसैलाई यस रोगको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा संपर्क गरि जाँचाउन सकिने उहाँले आग्रह समेत गर्नु भयो ।

यस्तै सियारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग बिरामीको कोहर्ट विश्लेषण तथा चौमासिक समिक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

सियारीमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थाका हेल्थ पोष्टका फोकल प्रसन, ल्याव स्वास्थ्यकर्मी लगाएतको सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा क्षयकुष्ठ निरिक्षक टिकाराम अधिकारी र किड्सका कार्यक्रम अधिकृत विवेचन पाण्डे र सियारी स्वास्थ्य शाखा प्रमुख वुद्धि बहादुर घर्तिले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा क्षयकुष्ठ रोग कसरी कम गर्न सकिन्छ, यसको अवास्था, उपचार लगाएतका विषयमा जानकारी गराइएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*