राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

खबरपथ संवाददाता
४ असार २०७७, बिहीबार १९:३५

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।

प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मत पारित भएको विधेयकलाई बिहीबार राष्ट्रियसभाबाट सर्वसम्मपतिले पारित भएको थियो । दुबै सदनबाट पारित भएको विधेयक बिहीबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गर्नुभए सँगै उक्त विधेयक अब संविधानको अंग बनेको छ। उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*