राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

खबरपथ संवाददाता
५ असार २०७७, शुक्रबार २१:१५

काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेक  राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको छ । शुक्रबार गृहमन्त्रालयले सुरक्षा मापदण्ड २०७७ मार्फत राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । रातिमा हुने हिँडडुलको अनुगमन  प्रहरीले गर्नेछ ।

सरकारले सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले अत्यावश्यक कामबहाहेक आफू रहेको आवास र कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन भनेको छ ।
त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।

उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ । हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहमन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*