रुपन्देहीमा स्याउ फल्यो

नारायण वली
७ असार २०७७, आईतवार १४:१३

रुपन्देही । रुपन्देहीको तिलोत्तमा स्याउ फल्यो भन्ने कुरा सुन्दा जो कोहीलाई अचम्म र अपत्यारिलो लाग्न सक्छ । हिमाली क्षेत्र जहाँ चिसो ठाउँमा मात्रै हुने स्याउ प्रचण्ड गर्मी ठाउँमा स्याउ फल्दा अचम्म लाग्नु स्वभाविकै हो । तर रुपन्देहीको मण्रिगामका एक नर्सरी किसानले स्याउ फलाएका छन् ।

विगत २ दशक देखि लामो समय सम्म विभिन्न जातका विरुवाहरु उत्पादन गर्दै आएका एक नर्सरी सञ्चालक किसानले प्रखर गर्मी हुने स्थान रुपन्दहेहीमा लो चिलिङ्ग जातको मिलिङ्ग नामक जंगली ग्राफ्टिङ्ग गरेको स्याउ फलाउन सफल भएका छन् ।

ती किसान हुन् रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्राम निवासी रमेश पाण्डे । पाण्डेले पहिलो पटक हिमाली क्षेत्रमा पाईने स्याउ लगाएको र उक्त विरुवाले फल लगाउन नसकेपछि उनले २०७२ सालमा दोस्रो पटक लो चिलिङ्ग जातको स्याउ लगाएको वताए ।

नर्सरी किसान पाण्डे भन्छन्, स्याउ फलाउने रहर मात्रै नभई सफल परिक्षण पश्चात् यसलाई देशैभरी व्यवसायिक स्याउ खेती गर्ने र नेपाललाई स्याउमा आत्मनिर्भर वनाउने उद्देश्यले आफु ५ वर्ष अगाडि परिक्षणको लागि स्याउको विरुवा लगाएको वताउँछन् ।

रुपन्देही जस्तो गर्मी ठाउँमा स्याउ फलेको छ भनी सुनेर अहिले स्याउ हेर्न आउनेहरुको संख्या वढ्दै गएको किसान पाण्डे वताउँछन् । लुम्विनी नर्सरी एण्ड गार्डेन नामाकरण गरी नर्सरी उत्पादन गर्दै आएका पाण्डे आफ्नै नर्सरीमा करिव २ सय प्रजातीका विरुवाहरु कलमी गरी उत्पादन गर्दै आएको जनाएका छन् ।

उनले अव स्याउ फलाउन नेपालमा कुनै गाह्रो नहुने वताए । उनी भन्छन् राज्यले अनुदान भन्दा प्रोत्साहन र आन्तरिक तथा वाह्य देशका लागि वजार व्यवस्थापनमा जोड दिनुका साथै गुणस्तर कोल्ड स्टोर निर्माणमा सघाउ पु¥याएमा स्याउ लगायत गुलाव खेती गरेर ( जस्मिन तेल) उत्पादन र कट फ्लोर (गिफ्ट दिने फुल) उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्न सकिनेमा दावी गरे ।

साथै उनले सरकारले हरेक वर्ष कृषि लगानी गर्दै आएको भएता पनि सम्वन्धित किसानहरु संग समन्वय नगर्ने गरेकाले कृषि क्षेत्रको उत्थान हुन नसकेको उनको भनाई छ । कृषि क्रान्ती वाट देशको समृद्धि हासिल गर्न कुनै वाधा नभएको भन्दै किसान पाण्डेले हजारौं विदेशिएका युवाहरुलाई कृषि क्षेत्रमा लगाउनका लागि कृषि क्रान्ती प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने औल्याए ।

यस्तै उनका अनुसार सरकारले उपलब्ध गराउने अनुदान लिन वास्तविक किसानहरुलाई निकै सास्ती हुने र नसक्ने भन्दै, पहुँचको आधारमा मात्रै अनुदान लिनेले अनुदान खाने र व्यवसायिकता नदिने गरेको अनुभव सुनाए । प्रदेश नं ५ का तराईका ३ वटा जिल्लालाई वुद्ध जन्म स्थल पर्यटकिय क्षेत्र र पहाडी ३ वटा जिल्लाहरुलाई पर्यटकिय विश्राम स्थल विभिन्न प्रजातीका फुल गार्डेन पार्क निर्माण गरी वाह्य पर्यटकहरुको आगमान गराई सजिलै विदेशी मुद्रा आर्जन गर्दै देशको अर्थतन्त्र वलियो वनाउन सकिने भन्दै पाण्डेले भावी उद्देश्य वारे बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*