नेपालमै पहिलो पटक शंकरनगर खानेपानीद्धारा निशुल्क वायो ट्वाईलेट संचालनमा

खबरपथ संवाददाता
७ असार २०७७, आईतवार १६:२०

बुटवल । नेपालमै पहिलो पटक शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निशुल्क वायो ट्वाईलेट संचालनमा ल्याएको छ । आईतवार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले तिलोतमाको सिक्सल्याण्ड सडकमा निर्मित वायो ट्वाईलेटको उद्धघाटन गर्दे संस्थाद्धारा निर्माण गरिएको वायो ट्वाईलेट नेपाल कै नमुना भएको र उक्त वायो ट्वाईलेटले तिलोत्तमाको खुल्ला दिशापिसाव मुक्त बनाउनका लागी थप मद्धत पुग्ने बताउनु भएको छ । मेयर घिमिरेले सस्थाद्धारा गरिएको कार्यको प्रशंसा तथा शुभकामना दिदैं वायो ट्वाईलेट निमार्ण कार्यलाई मंसिर पौष सम्ममा कोटीहवा सम्म विस्तार गर्दे लाने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

त्यसै गरी संस्थाका अध्यक्ष हरि प्रसाद तिवारीले हाल १३ वटा वायो ट्वाईलेट निर्माण गरी संचालनमा आएको बताउनु भएको छ । जस मध्य १० वटा सिंगल सिटर योगीकुटी देखि डाईभरटोल चोकसम्म सिक्स ल्याण्ड सडकमा र ३ वटा डवल सिटर डाईभरटोल हाटवजार, योगीकुटी हाटबजार र मगरघाटमा सञ्चालनमा रहेको अध्यक्ष तिवारीले बताउनु भयो । उक्त वायो शौचालयको सिंगल सिटर टवाईलेटको लागत रु ७ लाख र डवलसिटर टवाइलेटको १२ लाख पैतिस हजार रुपैया गरी कुल लागत रु एक करोड सात लाखमा आयोजना सम्पन भएको अध्यक्ष तिवारीले बताउनु भयो ।
उक्त वायो टवाईलेट ईण्डियाको इलिफोवायोटेक कप्पनिबाट आयात गरीएको जसमा २००० लिटरको बायो डाईजेष्टर र १००० लिटरको सोकपिट जडान गरीएको छ । जसमा यलम नामक ब्याक्टेरीयाले मानव मलमुत्रलाई २४ घण्टा भित्र तरल पदार्थमा परिवर्तन गरी सोकपिटमा जाने र जमिनमा गई रिचार्ज हुने भएकाले टंकी भरिने झण्झटबाट मुक्त भएको र दुगन्ध रहित रहेको र्इ. दिपक पाण्डेले बताउनुभएको छ ।


शौचालय निशुल्क प्रयोग गर्न सकिने गरी संचालनमा ल्याइएको उक्त  शौचालयको दैनिक ब्यवस्थापनका लागी एक जना कर्मचारी ब्यवस्था गरिएको छ ।  साथै  उक्त शौचालयमा मलमुत्रबाहेक अन्य गतिविधी गरेको पाईएमा संस्थाले रु १००० देखि ५००० सम्म जरिवाना गरिने संस्थाका उपाध्यक्ष ओम प्रकाश खरेलले बताउनु भयो ।


संस्थाका अध्यक्ष हरिप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ओम प्रकाश खरेलद्धारा स्वागत मन्तब्य र सावित्रा आर्चाय पन्थिको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सार्वजनिक शौचालय निर्माण उपसमितिका संयोजक राम बहादुर थापाले शभकामना मन्तब्य राख्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*