थप एक महिनाको घरभाडा छुट गर्न तिलोत्तमा चेम्बर अफ कमर्शको आग्रह

खबरपथ संवाददाता
७ असार २०७७, आईतवार १८:१२

तिलोत्तमा।  तिलोत्तमा चेम्बर अफ कमर्शले बैशाख र जेठ मध्ये एक महिनाको भाडा छुट गर्न घरधनीहरुसँग आग्रह गरेको छ । चैत महिनाको भाडा छुट दिएकोमा धरघनीहरुलाई धन्यवाद दिंदै चेम्बर अफ कमर्शको मणिग्राममा बसेको बैठकले अझै एक महिनाको भाडा छुट गर्न आग्रह गरेको हो ।
तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेलको अध्यक्षतामा बसेको बैठकले भाडा छुटको लागि घरधनीहरुसँग आग्रह गरेको छ ।
कोरोना महामारीका कारण जारी लकडाउनले व्यापार व्यवसाय चौपट भएको, बैंकको किस्ता तिर्न समस्या भएको भन्दै बैठकले अझै एक महिनाको भाडा छुट गर्न आग्रह गरेको र यसले व्यवसायीहरुलाई राहत पुग्ने अध्यक्ष कंडेलले बताउनुभयो । बैठकमा सहभागी भएका एनएमबी बैंक मणिग्राम शाखाका प्रवन्धक युवराज पाठकले राष्टबैंकले जारी गरेको निर्देशिका र सहुलियत कर्जा सम्बन्धी जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*