लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरिश ढकाल
९ असार २०७७, मंगलवार २०:५४

बुटवल । यातायात क्षेत्रका समस्याहरुको समाधानका लागि आवश्यक पहल गर्न माग गर्दै लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । बिशेषगरि कोभिड १९ को संक्रमणको संन्त्रासका कारण जारी गरिएको लकडाउनका कारण साना तथा मझौला ढुवानी व्यवसायीहरु धरासायी बनेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत समस्या समाधानका लागि आवश्यक कदम उठाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाईएको हो ।
लकडाउनका कारण उत्पन्न यातायात क्षेत्रमा रहेका विभिन्न समस्याहरु समाधान गरि व्यवसायीहरुको हकहितमा राहत प्याकेजको घोषणा गर्न माग गर्दै ज्ञापन पत्रमा लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघले मुल्य अभिबृद्धि करको दायराबाट अलग गर्न माग गरेको छ । यातायात महासंघ र सरकारबिच भएका सहमती र सम्झौताहरुको समुचित कार्यान्वयनको माग गर्दै संघले बैंक ब्याज मिनाहा र सवारी कर छुट, म्यूजिक कर छुट, स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सामाग्रीको उपलब्धता, अन्चलीकरणबाट प्रादेशिककरण बनाईयोस लगाएतका मागहरु राखी ज्ञापन पत्र बुझाइएको संघका अध्यक्ष लक्ष्मण क्षेत्रीले जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*